नियम १९
उत्पादनमा रोक लगाउन सकिने
नियम १८ को उपनियम (४) र (५)
बमोजिम केन्द्रीय खाद्य अनुसन्धानशालाबाट अनुज्ञापत्र प्राप्त गरी दाना
पदार्थको उत्पादन कार्य शुरु भएपछि केन्द्रीय खाद्य अनुसन्धानशालाबाट
निरीक्षण हुँदा योजनामा उल्लेखित शर्त बमोजिमको व्यवस्था नभएमा वा
उत्पादित दाना पदार्थ ऐन बमोजिम निर्धारित गुणस्तरको नभएमा सो शर्त
अनुसारको व्यवस्था र गुणस्तरमा सुधार नगरेसम्मको लागि केन्द्रीय खाद्य
अनुसन्धानशालाको सिफारिशमा सम्बन्धित स्थानीय अधिकारीले दाना
पदार्थको उत्पादनमा रोक लगाउन सक्नेछ ।